तपाईँ सुन्दै हुनुहुन्छः

माओवादी केन्द्रले विधान संशोधन गर्ने

काठमाडौँ ।  नेकपा माओवादी केन्द्रले विधान संशोधन गर्ने भएको छ ।

पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले केन्द्रिय कमिटीहरूलाई समावेशी बनाउन विधान संशोधन गर्ने निर्णय गरेको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो । 

प्रवक्ता महराले स्थायी कमिटी बैठकमा केन्द्रिय कमिटी बैठकका एजेण्डाका विषयमा छलफल भएको जानकारी दिनुभयो । 

पार्टीको स्थायी कमिटी बैठकले आजदेखि सुरु हुने केन्द्रीय कमिटी बैठकको प्रत्यक्ष प्रसारण लाइभ) नगर्ने निर्णय समेत गरेको छ । 

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजदेखि ५ दिनसम्म राजधानीको  प्रज्ञा भवन कमलादीमा सञ्चालन हुँदैछ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button