तपाईँ सुन्दै हुनुहुन्छः

म्याद सकिँदा समेत सम्पन्न भएन बर्दघाटको स्मार्ट रिफ्रेस सेन्टर

नवलपरासी । ठूलो आयोजनाको रुपमा लिइएको पश्चिम् नवलपरासीको बर्दघाटमा निर्माणाधीन अवस्थामा रहेको रिफ्रेस सेन्टर (स्मार्ट शौचालय) झन्डै तीन बर्ष बितिसक्न लाग्दा समेत सम्पन्न भएको छैन ।पहिलो पटकको सम्झौता को म्याद सकिएपनी चरणबद्ध रुपमा सुरु गरिएको बहुवर्षिय आयोजनाको पहिलो चरणको काम समेत सकिएको छैन ।

बर्दघाट नगरपालिका वडा नम्बर ४ स्थित पूर्वपश्चिम राजमार्ग देखि ३ सय मिटर तल पारिजात सामुदायिक बन हाताभित्र बनिरहेको उक्त रिफ्रेस सेन्टर निर्माणमा चरम ढिलाइ भएको छ ।

२०७७ चैत्र ११ गते सम्झौता भई कोजु इन्जिनियरिङ सन्जयजेभी काठमाडौँले ३ करोड १८ लाख २६ हजार ६१९ रुपैयाँमा निर्माणको जिम्मा लिएको थियो ।सम्झौता अनुसार २०७९ असोज११ मा पहिलो फेजको निर्माण कार्य सम्पन्न गर्नु पर्ने भएपनी निर्माण कम्पनीले विभिन्न कारण देखाउँदै समयमै काम सम्पन्न गर्न सकेन ।

नक्सा डिजाइन र भौगोलिक अवस्थाका कारण क्वान्टिटि मिलाउनु पर्ने भएकाले पुन:भेरिएसनका लागि लुम्बिनी प्रदेश मन्त्रालयमा पठाइएको खानेपानी तथा सडक डिभिजन कार्यालय रुपन्देहीका इन्जिनियर आदित्य धितालले बताउनु भयो ।”भेरिएसनका लागि मन्त्रालयमा पठाइएकोमा भर्खरै पुन भेरिएसन भएर फाइल आएको छ,अब काम अघि बढ्छ” इन्जिनियर धितालले भन्नू भयो ।विभिन्न भागहरूमा बिम पिल्लरको लेबल मिलाउनु पर्ने र धेरै संरचना आवश्यकता अनुसार थपघट गर्नु पर्ने भएकाले काम रोकिएको उहाँको भनाई छ । बहुवर्षिय योजना अन्तर्गत दुई चरणमा निर्माण सम्पन्न हुने उहाँको भनाई छ । बाहिरी भवन निर्माण र इन्टेरियर, सावर ब्लक ट्वाइलेट गरि दुई चरणमा गरिने तर आयोजना भने निरन्तर रहने इन्जिनियर धितालको भनाई छ ।

यता सोही कार्यालयका कार्यालय प्रमुख आबिद हुसेन मिया ठकुराइका अनुसार बजेट अभावका कारण निर्माणमा ढिलाइ भएको भनाई छ ।प्रदेश सरकार सँग थप बजेट माग भएको उहाँले जानकारी दिनुभयो ।”लामो समय सम्म किन सम्पन्न हुन सकेन” भन्ने प्रश्नमा कार्यालय प्रमुख ठकुराइले खुलस्त रुपमा खुलाउनु भएन उहाँले झर्किदो शैलीमा भन्नुभयो “म गाडीमा छु ३ सय भन्दा बढी योजना छन् सबै मलाई कहाँ थाहा हुन्छ”।

प्रदेश सरकार,निर्माण पक्ष र खानेपानी तथा सडक डिभिजन कार्यालयको समन्वय अभाव र ढिला सुस्तीका कारण तीन बर्ष बितिसक्दा समेत पहिलो चरणको काम सम्पन्न हुन सकेको छैन ।

निर्माणकै चरणमा रहँदा  एक वर्ष पहिले गुणस्तरहीन सामाग्री प्रयोग भएको, ठाउँ ठाउँमा चर्किएको यहाँका स्थानीयको गुनासो आएपछि बर्दघाट नगरपालिकाले निर्माणमा रोक लगाएको थियो ।

पूर्वपश्चिम राजमार्गमा आउजाउ गर्ने यात्रुहरूका लागि निर्माण गर्न लागिएको उक्त रिफ्रेस सेन्टर कहिले सम्पन्न हुने हो ठेगान भने छैन ।प्रदेश सरकार र आयोजना कार्यालयले समेत स्थानीय तहसँग समन्वय नगरेको बर्दघाट नगरपालिकाले जनाएको छ ।

दोस्रो पटकको म्याद थप अनुसार २०८० भदौ ३० गते सम्पन्न गर्नु पर्ने भएपनी आधा काम समेत सकिएको छैन ।विभिन्न बहानामा निर्माण पक्ष र सम्बन्धित निकायको आलटाल र समन्वयको अभावमा अझै निर्माण सम्पन्न हुनेमा स्थानीय समेत विश्वस्त छैनन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button