तपाईँ सुन्दै हुनुहुन्छः

लम्पी स्किन सङ्क्रमणबाट कर्णालीका साँढे ९ हजार पशु चौपाया मरे

जुम्ला । लम्पी स्किन भाईरस सङ्क्रमणका कारण कर्णाली प्रदेशका साँढे ९ हजार पशु चौपायाको मृत्यु भएको छ ।

पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाले आइतबार सार्वजनिक गरेको असार ३१ गते सम्मको तथ्याङ्क अनुसार कर्णाली प्रदेशका १० वटै जिल्लामा गरी २ लाख १८ हजार ७ सय ८२ वटा पशु चौपाया संक्रमित भएकोमा ९ हजार ६ सय २० पशु चौपायाको मृत्यु भएको पशु सेवा अस्पताल जुम्लाका कार्यालय प्रमुख ज्ञानेन्द्र सिंह बुढ्थापाले बताउनुभयो ।

कुल संक्रमित २ लाख १८ हजार ७८२ मध्ये १ लाख ४० हजार ७४६ पशु चौपायाको उपचार गरिएको छ । जसमध्ये १२ हजार ५५३ पशु चौपायाले मात्र खोप पाएका छन् ।

कार्यालय प्रमुख बुढ्थापाका अनुसार एक पालिकाका २ सय पशु चौपायालाई पुग्ने गरी खोप वितरण गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button