सिद्धार्थ राजमार्ग सुचारु

पाल्पा । गएरातिदेखि अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ । वर्षाको कारण तिनाउ–३, रामापिथेकस नजिकै सुरुङ निर्माण भइरहेको माथिबाट खसेको पहिरोले अवरुद्ध राजमार्ग एकतर्फी खुलेको हो ।
सडक खुलाउन दुई वटा स्काभेटरसहितका उपकरण प्रयोग गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले बताउनुभयो । सडक एकतर्फी रुपमा सञ्चालन भएपछि जाम नहुने गरी सवारीसाधन आवतजावत सहज बनाइएको उहाँले बताउनुभयो ।
माथिबाट पहिरो खस्न नरोकिएकाले पूर्ण रुपमा सडक खुलाउन भने समय लाग्ने प्रहरीले जनाएको छ । सडक खुलेपछि यात्रु तथा सवारीहरू गन्तव्यतर्फ लागेका छन् ।






प्रतिक्रिया राख्नुहोस्