‘काँग्रेसको काँधमा मुलुक र जनताको हितमा काम गर्नुपर्ने जिम्मेवारी’
महेन्द्रनगर । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले नेपाली काँग्रेसलाई मुलुक र जनताको हितमा काम गर्नुपर्ने जिम्मेवारी आएको बताउनुभएको छ ।

नेपाली कांग्रेस भीमदत्त नगर समितिको सम्मेलन उद्घाटनका क्रममा उहाँले जनचाहनाअनुसारको विकास र समृद्धिका लागि कांग्रेस अघि बढेको बताउनुभयो । “देश र जनताको हितमा काम गर्नुपर्ने जिम्मेवारी छ, त्यसका लागि कांग्रेस प्रत्येक ठाउँमा सुदृढ हुन जरुरी छ”, नेता लेखकले भन्नुभयो, “केन्द्रीय कार्यसमिति मात्रै होइन, गाउँ–टोलमा पनि कांग्रेस सुदृढ हुन जरुरी छ ।”
कांग्रेस सुदृढ गर्नकै लागि काँग्रेसले देशभर पालिकास्तरमा सम्मेलन गरिरहेको उहाँको भनाइ थियो । नेपाली कांग्रेस कुनै कारणले कमजोर हुनुपर्ने अवस्था नभएको बताउँदै उहाँले मुलुकमा ठूला परिवर्तन र ऐतिहासिक काम काँग्रेसकै नेतृत्वमा भएको स्मरण गराउनुभयो ।
उहाँले कञ्चनपुरमा नेपाल–भारत त्रिदेशीय नाका, दोधारा चाँदनी सुक्खा बन्दरगाह, महाकाली करिडोर र मझगाउँ विमानस्थल निर्माणको काम अघि बढेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्