तपाईँ सुन्दै हुनुहुन्छः

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

बाँके । बाँकेको राप्तीसोनारीमा मोटरसाइकल दुर्घटनामा परेका एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् ।

शुक्रबार राती राप्तीसोनारी गाउँपालिका–४ हुलाकी राजमार्ग अन्तर्गत सुर्यलालपुर चोकमा बा ५५ प ५०३४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक ३० वर्षीय राम थारुको मृत्यु भएको राप्तीसोनारी–४ का वडाध्यक्ष मीनराज खड्का (सन्तोष)ले जानकारी दिनुभयो। गाउँपालिकाको धामपुरबाट सुर्यलालपुर जाँदै गरेको तीन जना सवार मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको वडाध्यक्ष खड्काले बताउनुभयो ।

दुर्घटनामा गम्भीर घाइते भएका राप्तीसोनारी–३ का रामको उपचारका क्रममा शनिबार नेपालगञ्ज मेडिकल कलेज नेपालगञ्जमा मृत्यु भएको हो । घाइते हेमकुमार थारु र प्रकाश थारुको उपचार भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button