तपाईँ सुन्दै हुनुहुन्छः

महाराष्ट्रको बुलढानामा सवारी दुर्घटना : छ जनाको मृत्यु, २१ घाइते

बुलढाना (महाराष्ट्र) । शनिबार बिहान महाराष्ट्रको बुलढाना जिल्लाको राष्ट्रिय राजमार्ग आज बिहान भएको सवारी दुर्घटनामा छ जनाको मृत्यु भएको छ भने अन्य २१ जना घाइते भएका छन् । 

राष्ट्रिय राजमार्गमा आरामदायी वर्गका दुई वटा बस एकआपसमा ठोक्किँदा उक्त हताहति भएको जिल्ला प्रहरी कार्यालयका अधिकृत एचपी तुम्मोडले बताउनुभयो । अधिकृत तुम्मोडका अनुसार दुर्घटनामा पाँच जनाको घटनास्थलमै  र एक यात्रुको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । अन्य घाइते यात्रुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । 

बुलढाना जिल्लाको मलकापुर नगरस्थित रहेको रेलवे पुलमा अमरनाथ यात्राबाट हिङ्गोलीतर्फ गइरहेको बस र नागपुरबाट नासिकतर्फ गइरहेको अर्को बस एक आपसमा ठोक्किएका थिए । 

दुर्घटनाको अनुसन्धान भइरहेको छ । रासस /एएनआई 

प्रतिक्रिया राख्नुहोस्

Back to top button