‘कोशी सरकार उद्धव थापाको नेतृत्वमा गठन हुन्छ’
मोरङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले कोशी प्रदेश सरकार उद्धव थापाको नेतृत्वमा गठन हुने विश्वास व्यक्त गर्नुभएको छ ।
विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले काम चलाऊ मुख्यमन्त्रीको रुपमा रहनुभएका थापा कांग्रेस संसदीय दलका नेता समेत रहनु भएकाले आगामी सात दिनभित्र उहाँको नेतृत्वमा गठबन्धन सरकार निर्माण हुने विश्वास व्यक्त गर्नुभयो ।
नेता कोइरालाले विगतमा आफूले सभामुखले सरकार निर्माणमा हस्ताक्षर गर्नु गलत हो भन्ने कुरा अहिले पुष्टि भएको चर्चा गर्दै यसले आगामी दिनका लागि पाठ सिकाउने धारणा राख्नुभयो ।
उहाँले महासमितिको बैठकको समयमा नीति अधिवेशन गर्ने जानकारी दिँदै अधिवेशनले पार्टीको आर्थिक नीति, मुलुकमा सुशासन, किसानका समस्या समाधान गर्नेजस्ता निर्णय लिने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्