धनुषाको ढल्केवरमा नेपालको राष्ट्रिय झण्डा फहराइयो

बर्दिबास । धनुषाको ढल्केवरमा नेपालको राष्ट्रिय झण्डा फहराइएको छ ।
आज बिहान पूर्वपश्चिम लोकमार्ग र मधेश प्रदेशको राजधानी जनकपुरधामको प्रवेशद्वारको संगम स्थलको रूपमा रहेको ढल्केवर चोकमा नेपालको राष्ट्रिय झण्डा फहराइएको हो ।
मिथिला उद्योग वाणिज्य संघ, मिथिला ब्याडमिन्टन क्लब, लायन्स क्लब अफ मिथिला र खानेपानी तथा सरसफाई उपभोक्ता समिति ढल्केवरको विशेष सक्रियतामा आर्थिक सहयोग जुटाएर राजमार्गमा झण्डा राखिएको छ ।
ढल्केवर पार्कसँगै जोडिएको तीनवटै चौकमा गरी २५ वटा झण्डा राखिएको मिथिला उद्योग वाणिज्य संघ ढल्केवरका अध्यक्ष तेजनारायण साहले बताउनुभयो ।

“ढल्केवर चौकको सौन्दर्य र ट्राफिक व्यवस्थापनको उद्देश्य हामी सहयोग जुटाएर २५ वटा झण्डा राखेका छौँ । झण्डा राखिएको ड्रममा ट्राफिक सचेतनाका नाराहरू लेखिएको छ”, अध्यक्ष साहले भन्नुभयो, “यसले चोकको सौन्दर्य बढेको छ । ट्राफिक व्यवस्थापनमा पनि सहयोग पुग्ने हाम्रो विश्वास छ ।”
उहाँले झण्डाको सम्मानका लागि रेखदेख गर्ने दायित्व सबैको रहेकोले त्यसतर्फ पनि आफूहरू गम्भीर रहेको उल्लेख गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्