तपाईँ सुन्दै हुनुहुन्छः

जब्दिघाटको पुल बाढीले बगाएपछि जोखिमपूर्ण यात्रा गर्न स्थानीय बाध्य

बाँके । गुलरिया नगरपालिका र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाट पुल बाढीले बगाएको ५ वर्ष बितिसक्दा पनि पुनर्निर्माण हुन सकेको छैन । बाढीले पुल बगाएको धेरै समय बितिसक्दा पनि पुल नबनेपछि स्थानीय बासी आवतजावत गर्न जोखिम पूर्ण यात्रा गर्न बाध्य छन् ।

बारबर्दिया नगरपालिका – ११ का श्यामगोपाल थारुले पुल नबनेको कारण उत्पादित तरकारी ढुवानी गर्न समस्या भइरहेको बताउनुभयो। उहाँले भन्नुभयो,‘तरकारी फल्ने र बिक्री हुने यो मुख्ययाम हो । बजारसम्म तरकारी पु¥याउन सकिएको छैन’, उहाँले थप्नुभयो,‘पुल नहुँदा तरकारी खेतबारीमै कुहिन थाल्यो ।’

अधिकांश गाउँमा बारीमा तरकारी लटरम्म फलेको छ । बिक्री हुने मुख्य गुलरिया हाटबजार हो । जाने बाटो नहुँदा बिक्री गर्न नसकेको बारबर्दिया–४ का फुलाराम सत्गौलाले बताउनु भयो ।

१६ करोड ६८ लाखमा निर्मित जब्दीघाट पुल २०७४ साउनको अन्तिम साता बबई नदीमा आएको बाढीले क्षतिग्रस्त बनाएको थियो । जब्दीघाट पुल हस्तान्तरण नहुँदै भाँसिएको थियो। पछिल्लो समय उक्त पुल निर्माण गर्ने कम्पनीसँग क्षतिपूर्ति असुल गरी जब्दीघाट पुल निर्माणका लागि बर्दिया क्षेत्र नम्बर १ का सङ्घीय सांसद सञ्जयकुमार गौतमले पहल गर्दै आउनु भएको छ।

नयाँ पुल निर्माणको माग राख्दै उहाँ भत्किएको पुलमुनि गत वैशाख ३० देखि जेठ ६ गतेसम्म आमरण अनसनमा समेत बस्नु भएको थियो। सांसद गौतम र भौतिक तथा पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाबीच एक महिनाभित्र पुल निर्माण गर्ने सम्झौता भएपछि अनशन तोडिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button