तपाईँ सुन्दै हुनुहुन्छः

सुशासन र समृद्धिको अभियानबाट सरकार पछि हट्दैन : गृहमन्त्री श्रेष्ठ

बर्दिबास । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार देशमा सुशासन र समृद्धि स्थापना गर्ने अभियानबाट पछि नहट्ने बताउनुभएको छ ।

महोत्तरीको बर्दिबास नगरपालिका ३ स्थित श्री जनता माध्यमिक विद्यालयले बर्दिबास गौरीडाँडामा आयोजना गरेको शिक्षा सम्मेलन २०८० को उद्घाटन कार्यक्रममा गृहमन्त्री श्रेष्ठले भ्रष्ट, अपराध, तस्करी, बेतिथिमा संलग्न सबैलाई कानुनको दायरामा ल्याइने स्पष्ट पार्नुभयो ।

सरकारले शरणार्थी प्रकरण, ललिता निवास प्रकरण, सुन तस्करी जस्ता ठुला घटनाको स्वच्छ, स्वतन्त्र रुपमा अनुसन्धान गरी घटनामा संलग्न र दोषी कोही कसैलाई पनि नछोड्ने उहाँले बताउनुभयो ।

उपप्रधानमन्त्री श्रेष्ठले शिक्षा क्षेत्रमा गुणात्मक सुधार ल्याउन सके अर्थतन्त्र सुदृढ हुने बताउनुभयो । सरकारले व्यावसायिक र रोजगारमूलक शिक्षामा जोड दिइरहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button