झापामा जेठयता पानीमा डुबेर १० जनाको मृत्यु

भद्रपुर, झापा । झापामा मनसुनजन्य घटनामा अधिकांशको पौडी खेल्ने क्रममै मृत्यु हुने गरेको छ ।
गत जेठ १ गतेदेखि हालसम्म जिल्लाका विभिन्न नदी, खोला तथा जलाशयमा डुबेर र मृत अवस्थामा १० जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
तीमध्ये चारजनाको पौडी खेल्ने क्रममै डुबेर मृत्यु भएको छ । उनीहरू १३ वर्षदेखि २१ वर्ष उमेर समूहका छन् । त्यस्तै, जमेको खाल्डोमा डुबेर, खोलाले बगाएर र खेल्ने क्रममा चिप्लिएर एक/एक जनाको मृत्यु भएको छ भने तीनजनाको शव डुबेको अवस्थामा फेला परेको झापा प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो ।
मृत्यु भएकाहरूमध्ये एक महिला, आठ जना पुरुष रहेका छन् भने एकजनाको शव सडेको अवस्थामा फेला परेकाले पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्