कवाडी खोलामा हाम फालेर एक महिला बेपत्ता

बाजुरा । बाजुराको पूर्वोत्तरि भेगमा पर्ने हिमाली गाउँपालिका वडा नम्बर ५ कवाडी स्थित खोलामा हाम फालेर एक महिला बेपत्ता भएकी छन् ।
बेपत्ता हुनेमा सोही गाउँपालिका–६ धीम गाउँकी महेश रावतकी श्रीमती १८ वर्षीया रचना बुढ्थापा (रावत) रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक रविन्द्र कठायतले जानकारी दिनुभएको छ । उहाँले दिनुभएको जानकारी अनुसार माइती घरमा बस्दै आएकी महिलालाई उहाँका श्रीमानले घर लैजाने कुरा गर्दा नमानेपछि एकाएक बाजुरा–हुम्ला जोड्ने कवाडी खोलाको झोलुङ्गे पुलबाट हाम फालेर बेपत्ता भएकी हुन् ।
बेपत्ता भएकी महिला बुढ्थापाको कवाडी प्रहरी चौकीको टोलीले खोजी कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।








प्रतिक्रिया राख्नुहोस्