जिल्ला अस्पतालमा आइसियु सहितको भेन्टिलेटर प्रयोग विहीन
नवलपरासी ।पश्चिम् नवलपरासीको सदरमुकाम परासिमा रहेको पृथ्वीचन्द्र जिल्ला अस्पतालमा रहेको ५ आइसियु बेड सहितको दुईवटा भेन्टिलेटर प्रयोग विहीन भएका छन् ।
सङ्घीय सरकारबाट आर्थिक बर्ष ०७८/०७९ मा कोरोना महामारीका समयमा देशभरका जिल्ला अस्पतालहरूलाई आइसियु सहितको भेन्टिलेटरका लागि बजेट बिनियोजन गरिएको थियो ।
सोही रकम बाट ई-टेन्डर मार्फत खरिद गरिएको करोडौँ मूल्यका उक्त उपकरण यतिकै थन्किएका छन् जनशक्ति अभावमा यहाँको जिल्ला अस्पतालमा ती उपकरहरू थन्किएर बसेका हुन । “सरकार मार्फत उपकरण त आयो तर यसलाई सञ्चालन गर्न हामी सँग जनशक्ति नै छैन”अस्पतालका सुपरिटेन्डेन्ट डा.नुरुल होदाले भन्नू भयो ।
आइसियुमा रहेका बिरामीलाई किर्तिम श्वास प्रश्वासका लागि भेन्टिलेटर राखिएपनी प्रयोग हुन नसक्दा गम्भीर प्रकृतिका बिरामीहरूलाई बुटवल,भैरहवा र नारायणगढ लैजानु पर्ने बाध्यता रहेको छ ।
सञ्चालनका लागि पहल गरिएपनी सुनुवाई नभएको डा.होदाले रेडियो नेपाललाई जानकारी दिनुभयो ।भएका उपकरणहरू प्रयोग विहीन बन्दा समयमै उपचार नपाएर बिरामीको ज्यानै जान सक्ने जोखिम उतिकै बढ्दो छ ।यता अत्यधिक गर्मी सँगै जिल्लामा सर्पदङ्सको जोखिम पनि उस्तै छ।
आइसियु वा भेन्टिलेटरमा राखेर उपचार गर्नु पर्ने बिरामीलाई समेत उपकरण हुँदा हुँदै अन्यत्र रिफर गर्नु पर्ने अवस्था रहेको छ ।जिल्लामै हुने उपचार सेवाबाट यतिबेला आम नागरिक वञ्चित भएका छन् ।







प्रतिक्रिया राख्नुहोस्