मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, ३३ जना घाइते
अछाम । अछाममा मलामी बोकेको ट्याक्टर दुर्घटना भएको छ ।
जिल्लाको पञ्चदेवल विनायक नगरपालिकाको कालिकास्थान नजिक मलामी बोकेर कर्णाली नदीतिर जाँदै गरेको भे १ त ६७५६ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा पञ्चदेवल विनायक नगरपालिका–६ का २४ वर्षीय दीर्घ विकको मृत्यु भएको छ ।
दुर्घटनामा ३३ जना घाइते भएका छन् । घाइतेमध्ये ४ को अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्