तपाईँ सुन्दै हुनुहुन्छः

विधेयकबारे समितिले सरोकारवाला पक्षहरूसँग छलफल गर्ने

काठमाडौँ । विधायन व्यवस्थापन समितिले विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका सन्दर्भमा विभिन्न सरोकारवाला पक्षहरूसँग छलफल गर्ने भएको छ ।

राष्ट्रिय सभा अन्तर्गतको सो समितिको आज संसद् सचिवालय सिंहदरबारमा बसेको बैठकले विधेयकका सन्दर्भमा उद्योग मन्त्रालय र कानून मन्त्रालयका प्रतिनिधि, सम्बन्धित क्षेत्रका विषय विज्ञ तथा सरोकारवालाहरूसँग छलफल गर्ने निर्णय गरेको छ ।

समितिका सभापति जयन्तीदेवी राइको अध्यक्षतामा बसेको बैठकमा सांसदहरुले विद्युतीय कारोबार नेपालको सन्दर्भमा नयाँ विषय भएको हुनाले सबै सरोकारवालाहरूको विचार सुन्न आवश्यक रहेको बताउनुभयो ।

सांसदहरुले विद्युतीय कारोबारलाई नियमन र व्यवस्थापन गर्ने कुनै कानून नभए पनि अहिले विभिन्न कम्पनीहरूले कारोबार गरिरहेको हुनाले उनीहरूका सरोकार समेत सम्बोधन हुने गरी विधेयक अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button