नवलपरासीमा राहदानी लिनेको सङ्ख्या बढ्दो

नवलपरासी । पश्चिम् नवलपरासीमा राहदानी लिनेको सङ्ख्या बढ्दो रहेको छ ।
अध्ययन तथा रोजगारीको अवसर खोज्दै बिदेसिनेको सङ्ख्या बढेसँगै जिल्लामा राहदानी लिनेको सङ्ख्या बढेको हो ।
आर्थिक बर्ष २०७९/०८० मा राहदानी लिनेको सङ्ख्या १३ हजार ७८ रहेको छ । आर्थिक बर्ष २०७८/०७९ मा भने राहदानी लिनेको सङ्ख्या १२ हजार ७ सय ९६ जनाले राहदानी लिएको जिल्ला प्रशासन कार्यालय पश्चिम् नवलपरासीले जनाएको छ ।
मूलतः रोजगारीका लागि नयाँ राहदानी लिने युवाको सङ्ख्या बढ्दै गइरहेको देखिन्छ ।

पुरुषको तुलनामा महिलाको सङ्ख्या भने कम देखिएको छ । “देशमा रोजगारीको अवसर छैन ,व्यवसाय गरौँ भने पनि व्यवसायको अवस्था पनि उस्तै छ”, राहदानी नवीकरणका लागि लाइनमा बस्नुभएका सुस्ता १ का रमेश कोइरालाले भन्नुभयो, “रहरले देश अनि परिवार छोड्न कसलाई मन हुन्छ र जीविकोपार्जनका लागि पनि जानै पर्यो”

जिल्लामा प्लस टु पास गरिसकेपछि सुनिश्चित भविष्यको खोजीमा उच्च शिक्षा अध्ययनका लागि बिदेसिने युवा वर्गको सङ्ख्या पनि दैनिक बढ्दो देखिन्छ।राहदानीको फारम भर्ने लाइनमा अधिकांश २० देखि ३० बर्ष सम्मकै युवाहरू देखिने गरेका छन् ।रोजगारीको अभावसँगै आर्थिक मन्दीका कारण जिल्लामा बिदेसिनेको सङ्ख्या थप बढ्ने सरोकारवालाहरूको बुझाई छ ।







प्रतिक्रिया राख्नुहोस्