‘कोशी प्रदेशमा कांग्रेस नेतृत्वकै सरकार कायम रहन्छ’
इनरुवा । कोशी प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेस कोशी प्रदेशका सभापति उद्धव थापाले कोशी प्रदेशमा नेपाली कांग्रेस नेतृत्वकै सरकार कायम रहने बताउनुभएको छ ।

सुनसरी सदरमुकाम इनरुवामा आज नेपाली कांग्रेस सुनसरीको जिल्ला सम्मेलनमा मुख्यमन्त्री थापाले उक्त दाबी गर्नुभएको हो । वर्तमान कांग्रेस नेतृत्वको सरकारले जनतालाई अनुभूति हुने गरी काम गर्ने समेत उहाँको भनाइ छ । काँग्रेसले कोशी प्रदेशमा पहिलो पटक नेतृत्व गर्ने अवसर पाएको बताउनुहुँदै वर्तमान सरकारले जनताको हितमा काम गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।
वर्तमान सरकार नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार गठन भएको भन्दै उहाँले अदालतको आदेशले सरकारलाई काम गर्न रोक नलगाएको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्