बिपी कोइरालाले देश र जनताका लागि गर्नुभएको योगदान सदैव स्मरणीय : सभापति देउवा

सुनसरी । नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले बिपी कोइरालाले देश र जनताका लागि गर्नुभएको योगदान सदैव स्मरणीय रहने देउवाले बताउनुभएको छ ।
बिपी कोइराला ४१ औँ स्मृति दिवसको अवसरमा आज सुनसरीको इनरुवामा बिपी कोइरालाको पूर्णकदको सालिक अनावरण गर्नुहुँदै सभापति देउवाले बिपी कोइरालाको राजनीतिक र साहित्य क्षेत्रमा गर्नुभएको अमिट छाप नेपाली माझ रहिरहने बताउनुभयो ।

उहाँले भारतमा रहेको ब्रिटिस साम्राज्यवादका विरुद्ध पनि लड्नुभएका कोइराला अनेक जेल–यातना सहनुभएको स्मरण गर्नुभयो ।
सभापति देउवाले ग्रामीण र शहरी क्षेत्रको मध्य भागमा जनताको नेताको रुपमा स्मरण गराउन बिपी चोक नामाकरण गरेकोमा सुनसरी काङ्ग्रेसलाई धन्यवाद समेत दिनुभयो ।

सभापति देउवाले आजै कांग्रेस सुनसरीको जिल्ला सम्मेलनमा सहभागिता जनाउनुभएको छ ।
सम्मेलनमा केन्द्रीय सदस्यहरू, कोशी प्रदेश पदाधिकारी, जिल्ला पदाधिकारी तथा सदस्यहरू प्रतिनिधिसभा निर्वाचन क्षेत्रका पदाधिकारी तथा सदस्यहरू, प्रदेश निर्वाचन क्षेत्रका पदाधिकारी तथा सदस्यहरू, पालिकाका पदाधिकारीहरू तथा सदस्यहरू, वडाका पदाधिकारी तथा सदस्य, टोल समितिका पदाधिकारी तथा सदस्य लगायतको उपस्थिति रहेको पार्टीका जिल्ला सचिव वीरेन्द्र शाहले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्