काँकडभिट्टा नाकाबाट प्लाइउड र छुर्पीको निर्यात उत्साहजनक
झापा । देशको पूर्वी नाका काँकडभिट्टाबाट आर्थिक वर्ष २०७९/०८० प्लाइउड र छुर्पीको निर्यात उत्साहजनक देखिएको छ ।
मेची भन्सार कार्यालयको तथ्यांंकअनुसार आर्थिक वर्ष २०७९/०८० मा रु. एक अर्ब ९९ करोड १० लाख ११ हजार मूल्य बराबरको प्लाइउड निकासी भएको छ । आर्थिक वर्ष २०७८/०७९ मा रु. १० करोड ८० लाख ५७ हजार मूल्य बराबरको मात्र प्लाइउड निकासी भएको थियो ।
यसैगरी, आर्थिक वर्ष २०७९/०८० मा रु. एक अर्ब १० करोड ८१ लाख ११ हजार मूल्य बराबरको छुर्पी निकासी भएको छ । जबकि आर्थिक वर्ष २०७८/०७९ मा रु. आठ करोड ४३ लाख ३५ हजार मूल्य बराबरको मात्र छुर्पी निकासी भएको थियो ।
अघिल्लो वर्षको निर्यातको तुलना गर्दा प्लाइउड निर्यातमा झण्डै २० गुणा र छुर्पीमा झण्डै १३ गुणा वृद्धि भएको मेची भन्सार कार्यालयले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्