२४ करोडभन्दा बढी रकम ठगी गरेको आरोपमा सुनचाँदी व्यवसायी विश्वकर्मा पक्राउ

भद्रपुर, झापा । सर्वसाधारणको करोडौँ रकम जोखिममा पारेर फरार भएका झापा, गौरादहका सुनचाँदी व्यवसायी सोमराज विश्वकर्मा झापाको काँकडभिट्टाबाट पक्राउ परेका छन् ।
बिहीबार साँझ विश्वकर्मालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
झापाको गौरादह–१ का स्थायी बासिन्दा विश्वकर्मा व्यवहार बिग्रिएकाले आफूलाई नखोज्न भन्दै असार १४ गतेदेखि बेपत्ता भएका थिए ।
स्थानीयले दिएको जाहेरीका आधारमा विश्वकर्मामाथि ठगी अभियोगमा मुद्दा चलाइएको झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले बताउनुभयो ।
वडाध्यक्ष नगेन्द्र भण्डारीलाई पत्र लेखेर भागेका विश्वकर्मा सिक्किम र दार्जिलिङ घुमिरहेको सूचना प्रहरीले पाएको थियो ।
स्थानीयले वडामा दिएको उजुरीका आधारमा विश्वकर्माले २४ करोडभन्दा बढी रकम ठगी गरेको पुष्टि भएको छ ।








प्रतिक्रिया राख्नुहोस्