पानी बोक्ने गाडीको ठक्करबाट झापामा एक जनाको मृत्यु
भद्रपुर, झापा । पानी बोक्ने गाडीको ठक्करबाट आज झापामा एक जनाको मृत्यु भएको छ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको कनकाई नगरपालिका–१ दुर्गापुरमा पानी बोक्ने १–०१–००१ च ७४०७ नम्बरको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक गौरादह निवासी कुमार दर्जीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
आज बिहान भएको सो दुर्घटनामा गम्भीर घाइते भएका दर्जीको उपचारको क्रममा बिर्तामोडस्थित बी एण्ड सी हस्पिटलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
गाडी चालक कनकाई ४ का ३३ वर्षीय पशुपति ओलीलाई इप्रका सुरुङ्गाले नियन्त्रणमा लिएको छ ।







प्रतिक्रिया राख्नुहोस्