तपाईँ सुन्दै हुनुहुन्छः

काभ्रेको साँगामा यात्रुवाहक बस दुर्घटना, सात जना घाइते

काभ्रेपलाञ्चोक । काभ्रेको धुलिखेलबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस भक्तपुरको साँगामा बस दुर्घटना भएको छ ।

काभ्रेपलाञ्चोक र भक्तपुर जिल्लाको सीमाना सूर्यविनायक नगरपालिका-९ स्थित साँगानजिकै झोलुङ्गे पुलमुनि बा३ख ९३९६ नम्बरको बस दुर्घटनामा परेको हो । 

बस साँगाको पुलमुनि भिरबाट अन्दाजी २५ मिटर तल खसेको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी नायब उपरीक्षक रेशम बोहोराका अनुसार दुर्घटनामा चालकसहित सात जना घाइते भएका छन् । 

घाइतेहरूलाई भक्तपुरको मध्यपुर अस्पताल र इवामुरा अस्पतालमा उपचारका लागि पठाइएको छ ।

घाइतेमध्ये चालकको अवस्था गम्भीर देखिएको प्रहरी नायब उपरीक्षक बोहोराले जानकारी दिनुभयो । उहाँका अनुसार, गाडीमा १५ जना यात्रु सवार थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button