तपाईँ सुन्दै हुनुहुन्छः

बाजुराको बडिमालिकामा डिजिटल प्रविधिबाट सेवा

बाजुरा । बडिमालिका नगरपालिकामा प्रवाह हुने विभिन्न सेवा सुविधाहरू अबदेखि डिजिटल प्रविधिबाट गरिने भएको छ । आजबाट डिजिटल प्रविधिमार्फत सेवा सुचारु गरिएको नगरप्रमुख अम्मर बहादुर खड्काले जानकारी दिनुभयो ।

डिजिटल सेवाको एक कार्यक्रमबीच उद्घाटन गरिएको हो । नगरपालिका र वडा कार्यालयबाट हुने सबै काम अनलाइन र डिजिटल प्रविधिबाट सेवा सुचारु गरिएको नगर प्रवक्ता तथा वडा नम्बर ७ का अध्यक्ष धर्मराज पाध्यायले बताउनुभयो ।

नगरपालिकाबाट प्रवाह हुने सेवा सुविधालाई छिटो छरितो र पारदर्शी बनाउनुका साथै नगर बासीलाई डिजिटल प्रविधिमा जोड्न सेवाको सुचारु गरिएको नगर प्रमुख अमर बहादुर खड्काको भनाइ छ। विपत् व्यवस्थापन, न्यायिक समिति, सामाजिक बिकास, एसएमएस लगायतका कार्यहरू अनलाइन प्रविधिबाट नै गरिने भएको छ ।

स्थानीय सरकारको डिजिटल अभिलेखीकरण तथा प्रतिवेदन परियोजना स्थानीय तहलाई आर्थिक विकास, सुशासन, सेवा प्रवाहमा प्रभावकारिता लगायतको विशेष क्षेत्रका लागि साझेदारी कोष (आइपीएफ) सहायक सिद्ध हुने बताइएको छ । नवप्रवर्तन साझेदारी कोषको कार्यान्वयन सिस्टममा रहेको अन्यौलता अन्त्य गर्दै सङ्घीयताको औचित्य पुष्टि गर्ने आधार समेत डिजिटल सेवा प्रवाहको रहेको नगरपालिकाले जनाएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को नवप्रवर्तन साझेदारी कोष कार्यक्रम सँगको साझेदारीमा डिजिटल प्रविधि मार्फत सेवा सुचारु गरिएको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button