तपाईँ सुन्दै हुनुहुन्छः

लोप हुँदै गएको भँगेरा जोगाउन ५ सय गुँड वितरण

वीरगञ्ज । मानिसको आसपास गुँड बनाएर बस्ने भँगेरा विश्वबाटै लोप हुँदै गइरहेको भन्दै संरक्षणका लागि वीरगन्जमा अभियान शुरु भएको छ । ज्वाइनिङ ह्याण्डस् फर गुँड रिजन नामक संस्थाले भँगेरालाई लोप हुनबाट बचाउन भँगेरा बस्ने गुँड वितरण गरेको छ ।

पहिलो चरणमा वीरगञ्ज महानगरपालिकाको सहकार्यमा पहिलो चरणमा ५ सय थान गुँड महानगरपालिकाका विभिन्न घर धुरीहरूलाई निःशुल्क वितरण गरिएको संस्थाका सदस्य अनिशकान्त कुशवाहाले बताउनुभयो ।

नेपाल र भारतमा हिन्दु धर्म संस्कृतिमा शुभ सङ्केतका रुपमा मानिने भँगेरा बासस्थानको अभावमा लोप हुन थालेको देखिएपछि संरक्षणका लागि आाफुहरुले अभियान नै सुरु गरेको कुशवाहाले जानकारी दिनुभयो ।

भँगेरा खासगरी कच्ची घरहरूको खरले छाएको छाना र पाली, गोठ, परालको टौवामा गुँड बनाएर बस्ने गरेकोमा हाल बढ्दो सहरीकरणका कारण लोप हुँदै गइरहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button