रेडियो नेपालकर्मीसहित पाँच पत्रकार पुरस्कृत

जुम्ला । जुम्लाका पाँच जना क्रियाशील पत्रकार पुरस्कृत हुनुभएको छ । पत्रकारिताका माध्यमबाट पालिकाको विकास,समृद्धि सँगै सुशासन कायम र नियमित खबरदारीका लागि उल्लेखीय भूमिका निर्वाह गरेको भन्दै तातोपानी गाउँपालिकाले जुम्लाका पाँच जना क्रियाशील पत्रकारलाई पुरस्कृत गरेको हो ।
तातोपानी गाउँपालिकाको १३ औँ गाउँ सभाको अधिवेशनबाट निर्णय गर्दै पाँच जना पत्रकारलाई जनही पाँच हजार नगद,सम्मान पत्र र पालिकाको डायरी दिएर पुरस्कृत गरिएको तातोपानीका प्रमुख प्रशासकीय अधिकृत तिर्थ बहादुर कठायतले बताउनुभयो ।
पुरस्कृत हुनेमा रेडियो नेपालका संवाददाता सागर परियार, ब्रेकएन लिक्सका संवाददाता महेश नेपाली,कान्तिपुर दैनिकका संवाददाता डिबी बुढा,राजधानी दैनिकका संवाददाता मान बहादुर कुँवर र रेडियो नारी आवाजका स्टेशन म्यानेजर लक्ष्मी न्यौपाने रहनुभएको छ ।
त्यस्तै पालिकाका गान तयार गर्ने लेखक लाल प्रसाद चौलागाई र लोगो डिजाइनर किशोर उपाध्यायलाई पनि गाउँपालिकाले सम्मान गरिएको छ । पालिका गान लेखकलाई नगद २० हजार र लागो डिजाइनरलाई नगद ३० हजारमा २५ प्रतिशत कर काटेर पुरस्कार दिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कठायतले जानकारी दिनुभयो ।






प्रतिक्रिया राख्नुहोस्