मधेश प्रदेश सरकारको बजेट सर्वसम्मतिबाट पारित
जनकपुरधाम । मधेश प्रदेश सभाको बैठकले मधेस सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि पेश गरेको आय व्यय सहितको अनुमानित बजेट सर्वसम्मतले पारित गरेको छ ।

प्रदेश सभाको बैठकमा विभिन्न दलका प्रदेश सभाका सदस्यहरूको बोल्ने क्रम सकिएपछि प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले निर्णयार्थ पेश गर्दा बजेट सर्वसम्मतिले पारित गरेको हो ।
गत असार १ मा अर्थमन्त्री सञ्जयकुमार यादवले आर्थिक वर्ष २०८०/८१ का लागि ४४ अर्ब ११ करोड ४६ लाख ३२ हजारको बजेट प्रस्तुत गर्नुभएको थियो ।
प्रदेश सरकारको बजेट पारित भएपछि आर्थिक वर्ष २०८०/८१ को बजेट सहितको कार्यक्रमहरू सञ्चालनका लागि बाटो खुल्ला भएको छ ।








प्रतिक्रिया राख्नुहोस्