तपाईँ सुन्दै हुनुहुन्छः

कानूनको शासनले सभ्य समाजको निर्माण गर्दछ : प्रदेश प्रमुख मिश्र

जनकपुरधाम । मधेश प्रदेशका प्रमुख हरिशंकर मिश्रले कानूनको शासनले सभ्य समाजको निर्माणमा ठूलो मद्दत पुग्ने बताउनुभएको छ ।

प्रदेश प्रमुख मिश्रले मधेश प्रदेशको मुख्य न्यायाधिवक्ताको कार्यालयद्वारा आज महोत्तरीको बर्दिबासमा बार एशोसिएशनसंग मधेश प्रदेश सरकारले बनाएको कानुनका सम्बन्धमा जानकारी दिने उद्देश्यले आयोजना गरिएको अन्तरक्रियामा कानूनको शासन कानूनको सर्वोच्चता भएको बताउँदै नेपालको संविधानले प्रदेशलाई दिएको अधिकारभित्र रही निर्माण गरिएका ५५ वटा कानूनको कार्यान्वयनमा जोड दिनुभयो ।

मधेश प्रदेशका निमित्त प्रमुख सचिव किशोर कुमार चौधरीले प्रदेश सरकारले निर्माण गरेको कानुनका विषयमा सबैले जानकारी दिन आवश्यक भएको बताउँदै कानूनको अनभिज्ञता कसैको लागि क्षम्य नहुने बताउनुभयो ।

अध्यक्षको आसनबाट मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता वीरेन्द्र कुमार ठाकुरले प्रदेश सरकारले बनाएका ऐन तथा कानूका विषयमा कानून व्यवसायीलाई जानकारी दिन कार्यक्रमको आयोजना गरेको बताउनुभयो ।

दुई दिनसम्म चल्ने कार्यक्रममा प्रदेश सरकारले हालसम्म बनाएका कानूनको विषयमा छलफल तथा अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button