अविरल वर्षाका कारण झापाको जनजीवन प्रभावित
झापा । दुई दिनदेखि भएको अविरल वर्षाका कारण झापाको जनजीवन प्रभावित बनेको छ ।
भारी वर्षाले जिल्लाका ठूला तथा साना नदीसँगै खोला, पैनी, नालीहरूमा पानीको सतह बढेपछि डुबान र कटानका कारण स्थानीयवासी प्रभावित बनेका हुन् ।

जिल्लाको कनकाई, माई, रतुवा, विरीङ, मेची, हडिया, निन्दा, कमल, अदुवा, देउनियाँ लगायतको नदी तथा खोलाहरूमा पानीको बहाव बढ्न थालेपछि नदी तटीय क्षेत्रमा नागरिकलाई सतर्कता अपनाउन अलर्ट गराइएको छ भने डुबानमा परेकाहरूको उद्धार गर्न थालिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
विशेषगरी जिल्लाको दक्षिणी क्षेत्रमा डुबान र कटानको उच्च जोखिम रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्