तपाईँ सुन्दै हुनुहुन्छः

गरिब पहिचान गरि निश्चित अवधिसम्म राज्यबाट सेवा सुविधा दिनुपर्नेमा सांसदहरूको जोड 

काठमाडौँ । प्रतिनिधि सभाको सांसदहरुले सरकारले गरिबी पहिचान गरि निश्चित अवधिसम्म राज्यबाट सेवा सुविधा दिनुपर्नेमा माग गरेका छन् । 

संसद्को कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको आज सिंहदरबारमा बसेको बैठकमा सांसदहरुले सरकारले तत्काल गरिबी पहिचान गरि राज्य सुविधा लेखिएको परिचय पत्र उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो । 

शहरी क्षेत्रमा बढ्दै गएको अव्यवस्थित बसोबासलाई व्यवस्थापन गर्न नीति आवश्यक भएको बताउँदै सांसदहरुले वास्तविक सुकुम्बासीलाई भूमि उपलब्ध गराउनुपर्ने विचार बैठकमा व्यक्त गर्नुभयो । 

सांसदहरुले सहकारीका नाममा ठगी र  अपराध बढेको, भू-माफियासँग मिलेर कर्मचारीले  भूमिहीनहरूमाथि राजनीति गरेको बताउँदै देशभर गुठीको नाममा रहेको जमिन कृषकलाई भोग गर्ने अधिकार दिनुपर्ने बताउनुभयो । 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव दामोदर रेग्मीले मन्त्रालयमा कर्मचारी अभावका कारण काम गर्न अप्ठेरो भएको बताउनुभयो । 

सचिव रेग्मीले कागजमा जङ्गल देखिएको फिल्डमा गएर हेर्दा जङ्गल नभएको हुँदा  जमिन जोगाउन सबै निकायको समन्वय आवश्यक रहेको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button