तपाईँ सुन्दै हुनुहुन्छः

पेट्रोलियम पाइपलाइन निर्माण तथा भण्डारण गृह निर्माण भइरहेको छ : उद्योगमन्त्री  रिजाल

काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले पेट्रोलियम पदार्थको आयात प्रणाली व्यवस्थित गर्न पेट्रोलियम पाइपलाइन निर्माण तथा भण्डारण गृह निर्माण कार्य भइरहेको जानकारी गराउनु भयो ।

राष्ट्रिय सभामा विनियोजन विधेयकमाथि सांसदहरुले उठाएका विषयमा जवाफ दिँदै मन्त्री रिजालले नेपाल आयल निगमको पोखरामा हवाई इन्धन भण्डार गृह र अमलेखगञ्जमा थप २ वटा इन्धन भण्डार गृह आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने गरी काम अगाडी बढाएको बताउनु भयो। 

उहाँले सीमान्तकृत, महिला, दलित, मधेशी आदिवासी जनजाति उद्यमीहरूको लागि मागमा आधारित बिउँ पुँजीमा सहयोग गर्न एक करोड रुपैयाँ र अति विपन्न सीमान्तकृत, लोपोन्मुख र अपाङ्ग एवं एकल महिलाको लागि सिप विकास र प्रविधि सहयोग गर्न २ करोड १० लाख रुपैयाँ विनियोजन गरिएको जानकारी गराउनु पनि गराउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button