तपाईँ सुन्दै हुनुहुन्छः

परासिमा मापदण्ड विपरीतका औषधि पसल शिल 

नवलपरासी । पश्चिम नवलपरासी मापदण्ड विपरीत सञ्चालित औषधि पसल शिल गरिएको छ ।व्यापक जनगुनासो आएपछि आम नागरिकको स्वास्थ्यलाई मध्यनजर गर्दै अनुगमन का क्रममा दुईवटा औषधी पसल शिल गरिएको अनुगमन समितिका संयोजक एवम् सहायक प्रमुख जिल्ला अधिकारी प्रकाश देवकोटाले जानकारी दिनुभयो ।

अनुगमनका क्रममा बिना कागजपत्र सञ्चालित रामग्राम १८ मा रहेको प्रवेश उपचार केन्द्र शिल गरिएको हो ।त्यसैगरी परासीको बुद्ध चोकमा  रहेको सन मेडिको नाम गरेको औषधि पसलले अनुगमन समितिले माग गरे अनुरुप कागजपत्र उपलब्ध गराउन नसकेपछि शिल गरिएको छ ।मेडिकल सञ्चालकलाई आवश्यक कागजात सहित प्रशासन कार्यालयमा उपस्थित हुन भनिएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख गङ्गाधर पाण्डेले जानकारी दिनुभयो ।

नवीकरण नभएका औषधि पसलहरूलाई नवीकरण गर्न निर्देशन दिइएको पाण्डेले बताउनुभयो ।अनुगमनका क्रममा औषधी पसलबाट निस्कने फोहरको समेत उचित व्यवस्थापन गर्न सूचित गरिएको रामग्राम नगरपालिकाकी उपप्रमुख सम्झना चौधरीले बताउनुभयो ।भारतीय सीमाबाट जिल्लामा सहजै रुपमा भित्रने खाद्य पदार्थ,फलफूल,तरकारी लगायतका विभिन्न सामाग्रीको अनुगमन र गुणस्तर मापन नहुँदा आम उपभोक्तामा यसले प्रतिकुल असर पारिरहेको छ ।चाडपर्व र आकल झुक्कल वा गुनासोकै आधारमा मात्र अनुगमन हुने गर्दा आम उपभोक्ता ठगिन बाध्य छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button