डेढ अर्ब बढी रकम खर्च हुन नसकेर फिर्ता
रुकुम पश्चिम । रुकुम पश्चिममा आएको एक अर्ब ५१ करोड बढी रकम खर्च हुन नसकेर फिर्ता भएको छ । चालु आर्थिक वर्षको भुक्तानी हुने अन्तिम दिन असार २४ गते सम्म पनि खर्च हुन नसकेर उक्त रकम फिर्ता भएको हो ।
कोष तथा लेखा नियन्त्रक कार्यालय अन्तर्गतबाट ८१ करोड ३७ लाख ८५ हजार ४६ रुपियाँ फिर्ता गएको हो भने प्रदेश लेखा इकाईको कार्यालयबाट ७० करोड दश लाख ५२ हजार ७३९ रुपियाँ ६२ पैसा फिर्ता भएको हो । कोष तथा लेखा नियन्त्रक कार्यालय रुकुम पश्चिमका कोष नियन्त्रक बोमलाल पराजुलीका अनुसार चालुतर्फ ९७.३९ प्रतिशत र पुँजीगत तर्फ ६३.८७ प्रतिशत बजेट खर्च भएको छ ।
जिल्लामा प्रदेश सरकार अन्तर्गत रहेका विभिन्न १८ कार्यालयबाट आर्थिक वर्ष ०७९/८० प्रदेश लेखा इकाई कार्यालय मार्फत दुई अर्ब २४ करोड १३ लाख २७ हजार दश रुपियाँ ३८ पैसा खर्च भएको छ । प्रदेश लेखा इकाईको कार्यालयका प्रमुख याम बहादुर पुनका अनुसार यस आवमा ७६.१७ प्रतिशत बजेट खर्च भएको हो । उहाँका अनुसार यस वर्ष दुई अर्ब ९४ करोड २३ लाख ७९ हजार ७५० रुपियाँको बजेट रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्