तपाईँ सुन्दै हुनुहुन्छः

जेसिवीले ठक्कर दिँदा एक बालकको मृत्यु 

बागलुङ । बागलुङ। जिल्लाको बडिगाडमा जेसिवीले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ ।

बडिगाड गाउँपालिका–७ मा सडक निर्माण गरिरहेको जेसिवीले ठक्कर दिँदा सोही ठाउँका १४ वर्षीय बालक सुनिल घर्तीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोमबार साँझ बडिगाड गाउँपालिका–७ को भत्रेनीदेखी सोइरेनीसम्मको कच्ची सडक निर्माणका लागि जेसिवी त्यहाँ पुगेको थियो । सडक खन्नेक्रममा जेसिवीले ठक्कर दिएपछि बालकको घटनास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक मदन केसीले बताउनु भएको छ।

चालक अहिले  प्रहरीको नियन्त्रणमा राखिएको छ  । घटनाको विषयमा थप अनुसन्धान भइरहेको बताउनु भएको छ  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button