कालोपत्रे गर्न अलकत्रा राखिरहेको ट्याङ्करमा आगलागी

बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिका ३ नवलपुरमा रोड पिच (कालोपत्रे) गर्ने क्रममा अलकत्रा राखिरहेको ट्याङ्करमा आगलागी भएको छ । बा १ ग ३६४१ नम्बरको ट्याङ्करमा सोमबार साँझ आगलागी भएको हो ।
इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीका अनुसार उक्त पालिकाको वडा नं. ३ स्थित नवलपुरको रोडमा पिच गर्ने क्रममा ट्याङ्करमा अचानक आगलागी भएको हो । आगलागी भएको उक्त ट्याङ्करलाई चालक राम बहादुर खड्काले चलाएका थिए ।
आगलागीबाट मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्