महाकाली नदीतटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
कञ्चनपुर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले महाकाली नदीतटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।
भाेलि बिहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म भारतस्थित धौलीगंगा जलविद्युत परियोजनाको बाँधको सिल्ट सफाइको कार्य गरिने भएकोले सो अवधिभर बाँधको ढोका खोलिने भनी जिल्ला प्रशासन कार्यालय दार्चुलाको पत्रबाट जानकारी प्राप्त भएकोले सो अवधिमा महाकाली नदीमा जलस्तर बढ्न सक्ने सम्भावना भएको हुँदा उक्त अवधिभर पूर्व सतर्कता अपनाउन महाकाली नदीको तटीय क्षेत्रका बासिन्दाहरूलाई अनुरोध गरिएको प्रशासनले जनाएको छ ।
दार्चुलादेखि बैतडी, डडेल्धुराहुँदै कञ्चनपुर भएर भारततिर बग्ने महाकाली नदीमा पानीको बहाव र सतह बढ्न सक्ने भएकोले नदी छेउछाउमा नजान र सतर्कता अपनाइराख्न आग्रह गरिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्