बैतडीमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु, २ दर्जन घाइते

बैतडी । बैतडीको मेलौलीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पञ्चेश्वर गाउँपालिका ६ का उमेश भण्डारी रहेका छन् ।
दुर्घटनामा ३९ जना घाइते रहेको बैतडीका डिएसपी प्रेम बहादुर शाहीले बताउनुभयो । बस दिउँसो १ बजे दुर्घटना भई सडकबाट ४सय मिटर तल खसेको बताइएको छ ।
पञ्चेश्वर गाउँपालिका–३ कुलाउदेखि महेन्द्रनगरका लागि छुटेको लु २ ख २०११ नम्बरको बस मेलौली नगरपालिका–७ स्वाखानीमा दुर्घटना भएको हो ।
दुर्घटनाका विषयमा थप जानकारी आउन बाँकी रहेको छ ।
घटना स्थलमा इलाका प्रहरी कार्यालय पाटनका निरीक्षक कमलप्रसाद चौधरीको कमाण्डमा टोली खटिएको छ ।
दुर्घटनामा परी घाइते भएका ३९ जनाको उद्धार गरी केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा पुर्याइसकिएको जिल्ला प्रहरी कार्यालयका शाहीले बताउनुभयो ।
बस सडकबाट अन्दाजी डेढ सय मिटर तल खसेर रुखमा अड्किएको छ । बसमा कतिजना सवार थिए भन्ने कुरा अझै एकीन हुन बाँकी छ ।








प्रतिक्रिया राख्नुहोस्