तपाईँ सुन्दै हुनुहुन्छः

सुनसरीमा ३१ प्रतिशत धान रोपाइँ सम्पन्न

सुनसरी । सुनसरीमा ३१ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ ।

असारको तेस्रो साता सम्म सुनसरीमा ३१ प्रतिशत धान रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र सुनसरीले जनाएको छ ।

सुनसरीका विभिन्न १२ वटा स्थानीय तह अन्तर्गत कोशी गाउँपालिकामा ५५ प्रतिशत, बराह नगरपालिकामा २५ प्रतिशत, इटहरी उपमहानगरपालिकामा २० प्रतिशत, भोक्राहा नरसिंह गाउँपालिकामा २५ प्रतिशत, देवानगंज गाउँपालिकामा ३१ प्रतिशत, हरिनगर गाउँपालिकामा २५ प्रतिशत, दुहबी नगरपालिकामा २० प्रतिशत, धरान उपमहानगरपालिकामा ३५ प्रतिशत, रामधुनी नगरपालिकामा ३० प्रतिशत, गढी गाउँपालिकामा ३० प्रतिशत, इनरुवामा २५ प्रतिशत तथा बर्जू गाउँपालिकामा २५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र सुनसरीका अधिकृत प्रविन श्रेष्ठले जानकारी दिनुभयो ।

आकाशे भरमा धान खेती हुँदै आएको देवानगञ्ज, बर्जू र हरिनगर क्षेत्रमा पनि रोपाइँ राम्रै भइरहेको कृषि ज्ञान केन्द्र सुनसरीका अधिकृत श्रेष्ठले बताउनुभयो ।

सुनसरीमा साउनको दोस्रो हप्तासम्ममा शतप्रतिशत धान रोपाइँ हुने अनुमान कृषि ज्ञान केन्द्रको रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button