धनुषामा करेन्ट लागेर एक जनाको मृत्यु
जनकपुरधाम । धनुषामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कमला नगरपालिका वडा नं. २ माचि झिटकैया बस्ने वर्ष ५५ सूर्यदेव ठाकुर बरहीको रहेको प्रहरीले जनाएको छ ।
आफ्नै खेतमा सिँचाई गर्न लागि मोटर जडान गर्ने क्रममा करेन्ट लागेर बरहीको मृत्यु भएको हो ।
आज बिहान ५ः०० बजे आफ्नै खेतमा धानको बीउमा पानी हाल्न स्थानीय सत्यनारायण यादव (सत्ते) ले ओछ्याएको मोटरको तार हटाउने क्रममा उनलाई करेन्ट लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिनुभयो ।
प्रहरीले घटनास्थलको स्थलगत मुचुल्का गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाइएको छ ।
तार ओछ्याएर छाड्ने सत्यनारायणको खोजी गर्ने र घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्