शहीद भीमदत्तको स्मृतिमा पुस्तकालय स्थापना
डडेल्धुरा । किसान नेता तथा शहीद भीमदत्त पन्तको स्मृतिमा विद्युतीय पुस्तकालय स्थापना गरिएको छ । शहीद पन्तको जन्मथलो कारिगाउँमा ई–लाइब्रेरीको उद्घाटन गरिएको हो ।
शनिबार एक कार्यक्रमका बीच नेपाली कांग्रेसका नेता एवं सुदूरपश्चिम प्रदेशका पूर्वसामाजिक विकासमन्त्री गोविन्दराज बोहराले अमरगढी नगरपालिका–२ कारीगाउँमा ई–लाइब्रेरीको उद्घाटन गर्नुभयो ।
शहीद पन्तको जीवनीसँग सम्बन्धित किताब र उहाँको पहलकदमी थालनी गरिएका काम तथा प्रकाशित कृति पुस्तकालयमा राखिएको छ ।
पुस्तकालय स्थापनाका लागि सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले बजेट छुट्ट्याइएको थियो । रासस








प्रतिक्रिया राख्नुहोस्