बक्सिङ प्रतियोगितामा पदक विजेता खेलाडी सम्मानित
धनकुटा । उदयपुरमा सम्पन्न कोशी प्रदेश स्तरीय बक्सिङ प्रतियोगितामा पदक विजेता खेलाडीलाई धनकुटामा सम्मान गरिएको छ ।

जिल्ला बक्सिङ संघ धनकुटाले प्रशिक्षक तथा पदक विजेता खेलाडीलाई सम्मान गरेको हो ।
स्वर्ण पदक विजेता शर्मिला आलेमगर, रजत पदक विजेता हाङसवा लिम्बू र कास्य पदक विजेता सञ्जय आले र नेघिन्द्र थापा मगरलाई सम्मान गरिएको हो ।
त्यस अवसरमा बक्सिङका प्रशिक्षक किशोर लिम्बूलाई पनि सम्मान गरियो ।
कोशी प्रदेश स्तरीय बक्सिङ प्रतियोगितामा धनकुटाको नाम राख्न सफल खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरिएको बक्सिङ संघ धनकुटाका अध्यक्ष विदुर खवासले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्