तपाईँ सुन्दै हुनुहुन्छः

‘हात्ती हिँड्ने बाटोमा बिहान नहिँड्नुस्’

झापा । डिभिजन वन कार्यालय झापाले जङ्गली हात्ती हिँड्ने सम्भावित बाटोमा यात्रा गर्दा सावधानी अपनाउन सार्वजनिक रुपमा अपिल गरेको छ ।

कार्यालयले हात्तीको आक्रमणबाट मानवीय क्षतिका घटना बढेपछि सूचना जारी गरी बिहान झिसमिसेमा यात्रा नगर्न सर्वसाधारणलाई अनुरोध गरेको हो ।

वन कार्यालयले बिहानीपख निस्कनै पर्ने भए टर्च लाइट बोकेर समूहमा मात्र हिँडडुल गर्न पनि अनुरोध गरेको छ । पछिल्ला केही घटना हेर्दा बिहानको समयमा हात्तीले आक्रमण गरी ज्यान लिने वन कार्यालयको निष्कर्ष छ ।

एक साताको अवधिमा हात्तीको आक्रमणबाट झापामा दुई जनाको मृत्यु भइसकेको छ भने एक जना घाइते भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button