तपाईँ सुन्दै हुनुहुन्छः

नारायणगढ-मुग्लिन सडकले गौतमबुद्ध विमानस्थल प्रयोग गर्ने बढे

नवलपरासी । निर्माणाधीन अवस्थामा रहेको नारायणगढ–मुग्लिन सडक खण्डको सास्तीका कारण यो बाटो भएर यात्रा गर्न प्राय सबै यात्रुले असुरक्षित महसुस गर्न थालेका छन् ।खाल्डा खुड्लीका कारण र अहिले बर्षायामको पहिरोले दिनहुजसो सडक अवरुद्ध हुँदा ज्यानकै जोखिम मोल्नु पर्ने अवस्था छ ।ठाउँ ठाउँमा जाने पहिरोले दुर्घटनाको जोखिम उच्च रहेको छ ।भने अर्का तिर समयमै गन्तव्यमा पुग्न सक्ने अवस्था पनि छैन।

सडकको यही दुर्दशाका कारण अहिले आन्तरिक तर्फका हवाई यात्रुको सङ्ख्यामा वृद्धि भएको छ ।पश्चिम् नेपालको भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गर्नेको सङ्ख्या दिनहुँजसो बढेको वायुसेवा कम्पनीहरूको भनाई छ ।अहिले भैरहवा काठमाडौँ उडान गर्दै आइरहेको बुद्ध एयरले भैरहवा देखि दैनिक ९ वटा उडान भर्दै आइरहेको छ ।”बर्षायाममा अहिले केही यात्रु त पक्कै बढेका छन् तर बाटोका कारण हवाई यात्रुको सङ्ख्या बढेकै छ” बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णले रेडियो नेपाललाई जानकारी दिनुभयो ।८० देखि ९० प्रतिशत सिट भरेरै उडान हुने गरेको उहाँको भनाई छ ।मुग्लिन सडकखण्ड अवरुद्ध हुँदा भरतपुर बाट हुने दैनिक उडानमा समेत यात्रुको चाप बढेको उहाँको भनाई छ ।

यसो हुनुमा विस्तारको क्रममा रहेको पृथ्वी राजमार्ग र मुग्लिन–नारायणगढ सडकमा यात्रुले पाइरहेको सास्ती मुख्य कारण हो । पछिल्लो करिब दुई सातादेखी यो सडक खण्ड निरन्तर अवरुद्ध भइरहेको छ । यसले यात्रा असुरक्षित समेत बनेको छ ।

यसैगरी भैरहवा देखि काठमाडौँका लागि दैनिक तीन उडान गर्दै आइरहेको यति एयरलाइन्समा पनि यात्रु चाप नघटेको बताउनु हुन्छ यति एयरलाइन्स भैरहवाका सूचना अधिकारी अनुप ढकाल ।”बुटवल नारायणगढ सडकका कारण बिचमा त हामीले १ फ्लाइट थप गरेर दैनिक ४ वटा उडान भरेका थियौ”-ढकालले भन्नुभयो ।

अहिले भैरहवा देखि काठमाडौँको हवाई भाडा न्यूनतम ४ हजार दुई सय रहेको छ ।भाडा महँगो भएपनि ज्यानकै जोखिम मोल्नु भन्दा हवाई यात्रा नै गर्नु पर्ने अवस्था रहेको यात्रुहरूको भनाई छ ।”महँगो भनेर के गर्नु ज्यानको माया सबैलाई छ जहाजमा समयमै त पुगिन्छ”काठमाडौँ जान लागेका बर्दघाटका एक यात्रुको भनाई थियो ।

सामान्यतय पनि यो बाटो प्रयोग गरि हिँड्ने सवारी साधनहरू समयमै गन्तव्यमा पुग्न सक्ने स्थिति छैन।सामान्य विपन्न नागरिकहरू महँगो भाडा तिरेर हवाई यात्रा गर्ने अवस्था छैन ।पटक पटक म्याद थप गरेको चाइना स्टेट कम्पनीले समयमै निर्माण सम्पन्न नगर्दा लाखौँ यात्रुले सास्ती खेप्नु परेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button