बाँकेमा एक पुरुष घरमै मृत अवस्थामा भेटिए
नेपालगञ्ज । बाँकेको कोहलपुरमा एक जना पुरुष मृत अवस्थामा भेटिएका छन् । कोहलपुर नगरपालिका वडा नम्बर ५ मा एक जना झुण्डिएको अवस्थामा भेटिएका हुन् ।
अन्दाजी ३६ वर्षीय मनिष शाही आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । उनी केही दिन अघि मात्र भारतबाट आएका थिए । घरमा कोही नभएको अवस्थामा उनी मृत भेटिएका हुन् ।
शाही घरमा एक्लै बस्दै आएको स्थानीयले बताएका छन् । शव हेर्दा केही दिन अघि नै उनको मृत्यु भएको जस्तो देखिएको प्रहरीले बताएको छ । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।








प्रतिक्रिया राख्नुहोस्