तपाईँ सुन्दै हुनुहुन्छः

प्रहरी सङ्गठन रुपान्तरणको उपयुक्त अवसर : महानिरीक्षक कुँवर

काठमाडौँ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी सङ्गठनको सुधार र रुपान्तरणका लागि अहिले उपयुक्त अवसर रहेको बताउनुभएको छ ।

प्रहरी प्रधान कार्यालयमा पत्रकार भेटघाट आयोजना गर्दै उहाँले प्रहरी सङ्गठनलाई राजनीतिक नेतृत्वबाट राम्रो सहयोग प्राप्त भएको पनि स्पष्ट पार्नुभयो ।

उहाँले सङ्गठनको रूपान्तरण र विकासका लागि वातावरण राम्रो रहेको तर साधन श्रोतको कमी र राष्ट्रको ढुकुटी रित्तिएका बेला चुनौती भने धेरै रहेको बताउनुभयो । सामान्य नीतिगत निर्णय गरेर के गर्न सकिन्छ भन्ने कुरामा आफू गम्भीर रहेको उहाँको भनाइ छ ।

साइबर अपराधको विषयमा पत्रकारको जिज्ञासामा महानिरीक्षक कुँवरले जिल्ला जिल्लाबाट साइबर अपराधको मुद्दा अघि बढाउने भन्ने सरकारको निर्णय रहेकाले त्यसमा चुनौती रहेको र त्यसका लागि आवश्यक मार्गदर्शन निर्माण गर्ने चरणमा रहेको जानकारी दिनुभयो । उहाँले आइटीसँग सम्बन्धित प्रहरीलाई तालिम दिलाएर आवश्यक प्रक्रिया अघि बढाउन लागिएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button