तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकी प्रदेश सरकारको बजेट बहुमतले पारित

पोखरा । गण्डकी प्रदेश सरकार ल्याएको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट पारित भएको छ । असार १ गते अर्थमन्त्री जीतप्रकाश आलेले संसदमा प्रस्तुत गरेको आगामी वर्षको बजेट शुक्रबार बहुमतले पारित भएको हो ।

सरकारले ल्याएको बजेट माथि २२ दिनसम्म संसदमा छलफल भएको थियो ।

बजेट माथि छलफलका क्रममा बोल्ने सत्तापक्ष र प्रतिपक्ष का दुवै सांसदहरुले बजेट असन्तुलित भएको भन्दै असन्तुष्टि जनाएका थिए  । प्रतिपक्षी दल नेकपा एमाले र राप्रपाले  मन्त्रालयको खर्च कटौतीको प्रस्ताव समेत संसदमा पेश गरेका थिए ।

गण्डकी प्रदेश सरकारले ३३ अर्ब ४२ करोड ७२ लाख बजेट ल्याएको थियो । जसमध्ये चालुतर्फ १२ अर्ब १३ करोड ६७ लाख र पुँजीगततर्फ २० अर्ब १९ करोड बजेट रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button