राज्यले श्रम र श्रमिकको सम्मान गर्ने गरी कामहरू अगाडि बढाइरहेको छ : मन्त्री भण्डारी

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले लोककल्याणकारी राज्यको अवधारणा अनुसार राज्यले श्रम र श्रमिकको सम्मान गर्ने गरी कामहरू अगाडि बढाइरहेको बताउनु भएको छ ।
प्रतिनिधि सभा, उद्योग तथा वाणिज्य र श्रम रोजगार तथा उपभोक्ता हित समितिको आजको बैठकमा श्रम मन्त्री सिंहले सामाजिक सुरक्षा कोषमा औपचारिक र अनौपचारिक सबै क्षेत्रलाई जोड्ने गरी काम गरिरहेको बताउनुभयो ।
देशको आर्थिक गतिविधि, अर्थतन्त्रको अवस्था लगायतका कारण अझै देशमा रोजगारी सिर्जना गरिहाल्न सक्ने अवस्था नरहेको स्वीकार गर्दै मन्त्री सिंहले वैदेशिक रोजगारीमा जान नेपालीलाई ७५३ वटै स्थानीय तहमा नै सिप सिकाउने योजनाका साथ काम भइरहेको जानकारी दिनुभयो ।
मन्त्री सिंहले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूले पठाएको रकम उनीहरूकै कल्याणका लागि प्रयोग गर्ने, वैदेशिक रोजगारीमा जानेहरूका लागि वैज्ञानिक रुपमा सेवा शुल्क निर्धारण गर्ने, बैङ्किङ प्रक्रियाबाट काम गर्ने विचौलीयबाट ठगिने समस्या अन्त्य गर्ने तथा वैदेशिक रोजगारीमा जान चाहन र रहेका महिलाको सुरक्षाका लागि काम गर्न सरकार लागिरहेको पनि बताउनु भयो ।
बैठकमा सांसदहरुले वैदेशिक रोजगारीमा रहेका श्रमिकको सुरक्षा, वैदेशिक रोजगारीबाट फर्केकाहरूको श्रमको सम्मान गर्दै रोजगारी सिर्जना गर्नुपर्ने, वैदेशिक रोजगारी जानुपूर्व अनिवार्य सिप सिकेको हुनुपर्ने विषयलाई कडाइका साथ लागु गर्नुपर्नेमा जोड दिनुभयो ।
यस्तै वैदेशिक रोजगारीमा जान चाहने नेपालीहरू ठगिने अवस्थाको अन्त्य गर्न शुल्क निर्धारण गर्नु पर्ने, स्वदेशमा र विदेशमा रहेका महिला श्रमिकको सुरक्षामा सरकारले विशेष ध्यान दिनु पर्नेमा पनि सांसदहरुले जोड दिनु भयो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आगामी आर्थिक वर्षमा २२० स्थानीय तहमा करिब १५००० जनालाई कार्यस्थलमा आधारित सीप विकास तथा जीवन उपयोगी तालिम प्रदान गर्ने, सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने रोजगार दाताको सङ्ख्या ३० हजार पुर्याउने र योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध हुने श्रमिकको सङ्ख्या १० लाख पु¥याउने लक्ष्यका साथ काम भइरहेको जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्