तपाईँ सुन्दै हुनुहुन्छः

“चीनको स्वशासित क्षेत्रमा आबद्ध रहेको माननीयहरूको आवाज” संसद्को रेकर्डबाट हट्यो 

पोखरा । गण्डकी प्रदेश सभामा संसद्को अभिव्यक्ति लाई लिएर प्रतिपक्ष दलले अवरुद्ध गरेको बैठक सहमति पछि शुरु भएको छ । 

मन्त्रालयगत विनियोजन बजेटको छलफलका क्रममा प्रदेश सभा सदस्य बागलुङका दोर्णकुमार कुवरले चीनको स्वशासित क्षेत्रमा आबद्ध रहेको माननीयहरूको आवाज भन्नी उल्लेख गर्नु संसद्को मर्यादा विपरीत रहेको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गण्डकी प्रदेश सभा अवरुद्ध गरेका थिए । 

चीनको स्वशासित क्षेत्रमा आबद्ध रहेको माननीयहरूको आवाज भन्ने शब्द संसद्को रेकर्डबाट हटाएसँगै गण्डकी प्रदेश सभाको अवरोध हटेको हो। 

सोही विषय प्रदेश सभा बैठक सुरु भएलगत्तै एमाले सांसद सुधिरकुमार पौडेलले उठेर विरोध जनाउनुभएको थियो । त्यसपछि १० मिनेटको लागि संसद् बैठक स्थगित भएको थियो । 

पछि बसेको बैठकमा सभामुखले उक्त शब्द संसदीय मर्यादा विपरीत रहेको भन्दै प्रदेश सभाको रेकर्डबाट हटाउन सचिवालयलाई निर्देशन दिएसँगै प्रदेश सभाको अवरोध हटेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button