तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिपक्षीद्वारा प्रधानमन्त्रीको राजीनामा मागेर राष्ट्रियसभाको बैठक अवरुद्ध

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्रीको राजीनामा मागेर राष्ट्रियसभाको आजको बैठक अवरुद्ध गरेको छ । 

राष्ट्रियसभाको आजको बैठक सुरु भएलगत्तै प्रतिपक्षी दलका सांसदहरु आसनबाट उभिएर  संसद् अवरोध गर्नुभयो । 

बैठक सुरु भएलगत्तै प्रतिपक्ष दलले बैठक अवरोध गरेपनि अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले  प्रतिपक्ष दलका सांसद विमला घिमिरेलाई बोल्न समय दिनुभएको थियो । 

सांसद घिमिरेले केही दिन अघि प्रधानमन्त्रीले पुस्तक विमोचनका क्रममा दिएको अभिव्यक्तिका कारण प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने भन्दै बैठक सञ्चालन हुन नदिने बताउनुभयो । 

प्रमुख प्रतिपक्ष एमालेलेका सांसदहरुले आसनमा उभिएर निरन्तर बैठक चल्न नदिएपछि अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले प्रधानमन्त्रीलाई जवाफ दिने वातावरण बनाउन पनि संसद् सुचारु गर्न प्रतिपक्षी दलका सांसदहरूलाई आग्रह गर्नुभयो । 

अध्यक्ष तिमिल्सिनाले राष्ट्रियसभाको गरिमा कायम राख्न पनि सभा सञ्चालन गर्न आग्रह गर्दा पनि प्रतिपक्ष दलका सांसदहरुले विरोध कायमै आजको बैठक स्थगित भएको छ । 

राष्ट्रियसभाको अर्को बैठक असार २४ गते आइतबार ११ बजेर ३१ मिनेटमा बस्नेछ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button