तपाईँ सुन्दै हुनुहुन्छः

एसियाली विकास बैङ्कबाट ३०० मिलियन अमेरिकी डलर ऋण स्वीकार गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यविधि पुस मसान्तसम्म थप गर्न बाधा अड्काउ फुकाउको आदेश जारी गर्ने निर्णय गरेको छ । 

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न सञ्चार मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपालले निर्माण गर्ने विद्युत् प्रसारण लाइन तथा सवस्टेसनका लागि सिन्धुपाल्चोक, पाल्पा तथा नवलपरासी पूर्व जिल्लाका जग्गा प्राप्त गर्न स्वीकृति दिने निर्णय भएको जानकारी दिनुभयो ।

उहाँले भन्सार तथा लजिष्टिक्स सुधार कार्यक्रम अन्तर्गत एसियाली विकास बैङ्कबाट बजेटरी सहायताको रुपमा प्राप्त हुने ५० मिलियन र सासेक राजमार्ग सुधार आयोजना सञ्चालन गर्न एशियाली विकास बैङ्कबाट परियोजना सहायताको रुपमा ३ सय मिलियन अमेरिकी डलर बराबरको सहायता ऋण स्वीकार गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

यस्तै, पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजना अन्तर्गत सडक सीमा रेखाभित्र पर्ने कास्कीको रुढी खोला भैसे सडकखण्डका घरटहरा हटाउन स्वीकृति दिने लगायतका निर्णय भएको मन्त्री शर्माले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button